७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलो हाफको खेल सकियो : इरान ०-० मोरक्को

रसिया - फिफा विश्वकप अन्तर्गत रसियाको सेन्ट पिटरर्सवर्गमा रङ्गशालामा जारी इरान र मोरक्कोबीचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफको खेल सकिदाँ सम्म कुनै पनि टोलीका तर्फवाट गोल हुन सकेको छैन। दुवै टोलीले आक्रामक खेल खेलेपनि विपक्षिको रक्षापंक्तिलाइ चिर्न सकिरहेकका छैनन्। इरानले खेलका दौरान गोल गर्ने केहि सुन्दर अवसर प्राप्त गर्दा समेत फिनिसिङ् राम्रो हुन नसक्दा खेलमा अग्रता कायम गर्नबाट चुक्यो। खेलमा भने मोरक्को इरानमाथी हावी भएको देखिन्छ।

विश्वकप फुटबलमा यि दुई टोली पहिलो पल्ट आमनेसामने हुँदैछन्। दुवै टोलीको कुरा गर्दा रक्षात्मक पक्ष मजबुत देखिन्छ। सन् १९९८ पछि विश्वकपमा फर्केको मोरक्को आजको खेल जित्दै सुखद सुरुवात गर्न चाहन्छ।

प्रतिभावान् खेलाडी भएर पनि अफ्रिकी फुटबलमा लामो समय गुमनामजस्तै रहेको मोरक्को पछिल्लो समय पुनः लयमा फर्किएको छ। अफ्रिकी छनोट प्रतियोगिताको चरणमा मोरक्कोले एक गोल पनि खाएन। एक गोल पनि नखाई रसिया यात्रा तय गर्ने मोरक्को एक्लो टोली हो। पहिलो पटक १९७० मा विश्वकपमा खेलेको मोरक्कोले विश्वकपमा आफ्नो चुनौती पेस गर्न लागेको यो पाँचौ पटक हो।

प्रकाशित: १ असार २०७५ १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App