६ वैशाख २०८१ बिहीबार
खेल

विश्वकपमा पहिलो पल्ट भिड्दै इरान र मोरक्को

रसिया - रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज हुने समुह चरण अन्तर्गत समुह बी को पहिलो खेलमा एसियाली राष्ट्र ईरान र मोरक्को विच खेल हुँदैछ। खेल नेपाली समयअनुसार पौने ९ बजे रसियाको सेन्ट पिटरर्सवर्गमा रङ्गशालामा हुनेछ।  

विश्वकप फुटबलमा यि दुई टोली पहिलो पल्ट आमनेसामने हुँदैछन्। दुवै टोलीको कुरा गर्दा रक्षात्मक पक्ष मजबुत देखिन्छ। सन् १९९८ पछि विश्वकपमा फर्केको मोरक्को आजको खेल जित्दै सुखद सुरुवात गर्न चाहन्छ।

प्रतिभावान् खेलाडी भएर पनि अफ्रिकी फुटबलमा लामो समय गुमनामजस्तै रहेको मोरक्को पछिल्लो समय पुनः लयमा फर्किएको छ। अफ्रिकी छनोट प्रतियोगिताको चरणमा मोरक्कोले एक गोल पनि खाएन। एक गोल पनि नखाई रसिया यात्रा तय गर्ने मोरक्को एक्लो टोली हो। पहिलो पटक १९७० मा विश्वकपमा खेलेको मोरक्कोले विश्वकपमा आफ्नो चुनौती पेस गर्न लागेको यो पाँचौ पटक हो।

मोरक्को टोली 
गोलकिपर : मुनिर मोहमेदी (नुमान्सिया), यासिन बोउनोउ (जिरोना), अहमद रेडा टाग्नाउटी (आइआर टान्जर)

रक्षक : मेहदी बेनाटिया (युभेन्ट्स), नबिल डिरार (फेनेरबाच), म्यानुअल डा कोस्टा (इस्तानबुल बासाकसेहिर), रमोमाइन साइस (उल्भरह्याम्पटन), हाम्जा मेन्डील (लिले), बाडर बानौन (राजा कासाब्लाङका), अचरफ हाकिमी (रियाल मड्रिड)

मिडफिल्डर : एमबार्क बोसोउफा (अल जजिरा), करिम अल अहमदी (फेयर्नुड), युनेस बेल्हान्डा (गालाटासरे), नोर्डिन अम्राबत (लेगानेस), फाइकल फाजर (गेटाफे), हाकिम जियेच (आयाक्स), युसुफ अइट बेनासर (काइन), मेहदी कार्सेला (स्ट्यान्डर्ड लिगे), सोफियान अम्राबत (फेयर्नुड), एमिने हारिट (साल्के)

फरवार्ड : खालिद बौताइब (येनी मालायास्पर), अजिज बौहादोउज (सेन्ट पाउली), अयुब अल काबी (आरएस बेर्कानी)

यता एसियन फुटबलको पावर हाउस मानिने ईरानले विश्वकप छनौटमा इतिहासकै उल्लेख्य प्रदर्शन गर्यो।  इरान दोस्रो चरण पार गर्दासम्म १८ खेलमा अपराजित रह्यो। अन्तिम चरणका ९ खेलमा इरानले २ गोल मात्र खायो। जुन सिरियाविरुद्ध २–२ को बराबरी हो।

विश्वकप छनौटमा गरेको उल्लेख्य प्रदर्शनका आधारमा समेत यो अनुमान लगाउन सकिन्छ की आज मोरक्को विरुद्ध हुने विश्वकप अन्तर्गतको पहिलो खेलमा इरानले निकै आक्रामक खेल पस्कनेछ। बलियो रक्षापंक्ति र मैदानमा गर्ने संगठित प्रदर्शन इरानको सफलताको कारण हो। १९७८ मा पहिलो पटक विश्वकप खेलेको इरानको रुस विश्वकपमा पाँचौं सहभागिता हो।

इरानको टोली 
गोलरक्षकः एलिरेजा बेरानभान्ड (पेर्सेपोलिस), रसिद माजाहेरी (जोब आहन), अमिर अबेदजादेह (मारिटिमो)

रक्षकः माजिद होसेनी (स्टेघलाल), रमिन रेजाइन (ओस्टेन्डे), मोहम्मद रेजा खान्जादेह (पाडिडेह), मोर्ताजा पुरालिगान्जी (अल्साद), पेजमन मोन्टाजेरी (इस्टेघलाल), मिलद मोहम्मदी (अखमद ग्राज्ने), रुबाह चेसमी (इस्टेघलाल)

मिडफिल्डरः साइद जातुलाही (अमकार पेर्म), मासुद शोजइ (एइके एथेन्स), मेहदी तोराबी (साइपा), ओमिद इब्राहिमी (इस्टेघलाल), इसान हाजी सफी (ओलम्किोस), करिम अन्सारीफर्द (ओलम्पिकोस), भहिद अमिरी (पेर्सेपोलिस)

फरवार्डः एलिरेजा जहनबाखश (एजे अल्कमार), मेहदी तारेमी (अल गाराफा), सरदार आजमुन (रुबिन काजान), रेजा घुचनेजाद (हीरेनभीन), सनम घुदोस (आस्टरसाउन्ड्स), अशकन देजाग (नटिङघम फरेस्ट)

सेन्ट पिटरर्सवर्गमा रङ्गशाला

प्रकाशित: १ असार २०७५ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App