१६ चैत्र २०८० शुक्रबार
खेल

पहिलो सेमिफाइनलमा पुलिस र झापा भिड्दै

सर्लाही – २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार (आज) हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र रमपम झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ। 

गोर्खा ब्वाईज रुपन्देहीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको पुलिस र जावलाखेल युथ क्लबलाई पराजित गरेको झापाबीचको खेल दिउँसो ४ बजे सुरु हुने आयोजक समितिका सरोजबाबु न्यौपानेले जानकारी दिए। पुलिसले यो सिजन दमक गोल्डकप र नुवाकोट गोल्डकपको उपाधि आफ्नो पक्षमा पारिसकेको छ भने झापा यो सिजन अहिलेसम्म जित बिहीन छ। आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

१० टिम सहभागि प्रतियोगितामा ६ वटा टिम बाहिरिसकेका छन् भने नेपाल पुलिस, थ्री स्टार, एपीएफ र झापा ११ अन्तिम ४ भित्र समेटिएका छन्। आज विजयी हुने टिमले उपाधिका लागि बिहीबार हुने एपीएफ र थ्री स्टारबीच हुने दोस्रो सेमिफाइनको विजेता टोलीसँग आगामी असार २ गते फाइनलमा भेट हुनेछ।

प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक विधाका उत्कृष्ट खेलाडीले पनि पुरस्कार हात पार्ने आयोजकले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App