८ वैशाख २०८१ शनिबार
खेल

लालबन्दी गोल्डकपकाे उद्घाटन खेलमा जावलाखेल र सर्लाही–११ भिड्दै

सर्लाही – २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो ३ः३० बजे पछि स्थानीय राधाकृष्ण खेलमैदानमा जावलाखेल युथ क्लब ललितपुर र सर्लाही–११ भिड्दै छन्। प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा आयोजक सर्लाही–११ सहित थ्री स्टार, नेपाल पुलिस, एपिएफ, जावलाखेल युथ क्लब, झापा–११, गोर्खा ब्वाईज रुपन्देही, कास्की–११ र युनाइटेड सिक्कीम क्लब भारत गरी १० वटा टिम सहभागिता जनाएका छन्। 

असार २ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले ७ लाख तथा उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ। साथै उत्कृष्ट डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर र गोलकिपरलाई जनही १५ हजार रुपैंयाका दरले पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ।

त्यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक उदयमान खेलाडीलाई प्रोत्साहन स्वरुप मोटरसाइकल प्रदान गरिने सर्लाही जिल्ला फूटबल संघका महासचिव उज्वल कार्कीले जानकारी दिए। 

प्रकाशित: २४ जेष्ठ २०७५ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App