coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नुवाकोट गोल्डकप : थ्रीस्टार फाइनलमा प्रवेश

नुवाकोट– आयोजक टोली नुवाकोट ११ लाई पराजित गर्दै थ्रीस्टार क्लब नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप २०७५’को फाइनलमा प्रवेश गरेको छ। 

‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नारा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत बुधबारको सेमीफाइनल खेलमा थ्रीस्टारले आयोजक नुवाकोटलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। 

थ्रीस्टारको जितमा अजय मार्टिनले दुई गोल, अजय धिमालले १ गोल र निराजन खड्काले १ गोल गरे। नुवाकोट ११ को तर्फबाट दिपेश  श्रेष्ठले १ गोल फर्काएपनि जितका लागि पर्याप्त भएन।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा विहीवार फाइनल प्रवेशको लागि नेपाल पुलिसले कास्की–११ संग प्रतिस्पर्धा गर्ने छ। जेठ १७ गतेदेखि सुरु भएको खेल २६ गतेसम्म चल्नेछ। 

प्रकाशित: २३ जेष्ठ २०७५ १६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App