१६ चैत्र २०८० शुक्रबार
खेल

नुवाकोट गोल्डकप : पुलिस सेमीफाइनल प्रवेश

नुवाकोट– ‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालन भइरहेको  ‘नुवाकोट गोल्डकप २०७५’ को मङ्गलबारको खेलमा रुपन्देही ११ लाई हराउँदै पुलिस क्लबले जित हासिल गरेको छ। 

विदुर नगरपालिकाको संरक्षकमा जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा बट्टार क्याम्पसको खेलमैदानमा भइरहेको फुटबल प्रतियोगितामा पुलिस क्लब रुपन्देही ११ लाई ३–० गोल अन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो। पुलिस क्लवलाई सेमीफाइनलमा प्रवेश गराउनको लागि सुमन लामाले दुई गोल र अभिषेक रिजालले एक गोल गरेको प्रतियोगिताको प्रचारप्रसार समितिका संयोजक विजय गुरुङले बताए। 

गुरुङको अनुसार फाइनल खेल प्रवेशको लागि बुधबार आयोजक टोली नुवाकोट ११ ले थ्रीस्टारसँग प्रतिस्पर्धा गर्ने छ। जेठ १७ गतेदेखि सुरु भएको प्रतियोगिता यहि जेठ २६ गते सकिने आयोजकले जनाएको छ। 

प्रकाशित: २२ जेष्ठ २०७५ १५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App