१६ चैत्र २०८० शुक्रबार
खेल

नुवाकोट गोल्डकप आजदेखि

नुवाकोट– ‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नारासहित आजदेखि ‘विशाल सिमेन्ट नुवाकोट गोल्डकप २०७५’ प्रतियोगिता सुरु हुँदैछ । 
विदुर नगरपालिकाको संरक्षकमा जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा आयोजकसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । जेठ २६ गतेसम्म चल्ने प्रतिस्पर्धाको लागि नुवाकोट ११, सहित ए डिभिजन क्लब थ्रिस्टार, फ्रेन्डस क्लब, नेपाल पुलिस क्लब, सत्रशस्त्र प्रहरी क्लब, मदनभण्डारी स्पोर्टस एकेडेमी, चितवन–११, रुपन्देही–११, कास्की–११ र काठमाडौं–११ ले नाम दर्ता गराएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधानले बताएका छन् । उनका अनुसार दिउसो साढे तीन बजे सुरु हुने आजको खेलमा नुवाकोट ११ र चितवन ११ ले प्रतिस्पर्धा गर्नेछन् । 
 
प्रतियोगिता हेर्ने दर्शकको लागि ५० रुपैयाँ, १ सय रुपैयाँ, दुई सय रुपैयाँ र अतिथिसँगै बसेर  सबै खेल हेर्न १५ हजार रुपैयाँसम्मको टिकटको व्यवस्था गरिएको छ । गोल्डकप हेर्नको लागि दुई हजार दर्शक अट्ने प्याराफिट समेत निर्माण गरिएको छ । 
गोल्डकपलाई सफल बनाउन विशाल सिमेन्टले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ भने जिल्लाको बेलकोटगढी नगरपालिकाले प्रथम पुरस्कार ५ लाख रुपैयाँसहित ट्रफी मेडलको लागि ६ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । 
यस्तै दोस्रो हुने टोलीको लागि प्रदान गरिने तीन लाख रुपैयाँ तार्केश्वर गाउँपालिकाको जिम्मामा रहेको आयोजकले जनाएको छ । गोल्डकप प्रतियोगितामा ‘म्यान अफ दी म्याच’लाई साकुरा नेपालले ९० हजार रुपैयाँ उपलब्ध गराएको छ । 

प्रकाशित: १७ जेष्ठ २०७५ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App