७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफ र प्रदेश नम्बर ७ विजयी

काठमाडौं – युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र पृथु बास्कोटाको अर्धशतकको मद्दतमा विभागीय टोली एपिएफले आइतबारबाट सुरु प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ।

पहिलो पटक संघीय संरचनामा राष्ट्रिय खेलकुद परिषद् र नेपालयको व्यवस्थापनमा आयोजना भएको प्रतियोगिताको पहिलो दिनको खेलमा विभागीय टोली एपिएफलाई ५ विकेटको जित दिलाउन युवा खेलाडी रोहितकुमार पौडेलले विस्फोटक अविजित ७३ रनको योगदान गरे। ४१ बलको सामान गरेका रोहितले १० चौका र ३ छक्का प्रहार गरेका थिए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको समूह ‘ए’ को खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २ सय ३९ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य एपिएफले ३६.३ ओभरमा ५ विकेट गुमाउँदै भेटायो।

यस्तै, जितका लागि महत्वपूर्ण इनिङ खेलेका अर्का ब्याट्सम्यान पृथु बास्कोटाले ५३ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतमा ५३ रन जोडेका थिए। १२ रन जोड्दा ओपनर आसिफ शेखलाई ५ रनमा नै गुमाएको एपिएफका लागि लामो समयपछि क्रिकेट खेलमा फर्किएका राष्ट्रिय टोलीका विकेटकिपर सुवास खकुरेल र प्रदीप ऐरीले ७९ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए। सुवासले ४८ रन जोड्दा प्रदीप ऐरीले ३४ रनको योगदान गरेका थिए।

बलिङतर्फ प्रदेश नम्बर ४ का लागि विपिन खत्री, मेख सेन, हरि चौहान, गोविन्द प्रधान र सुमन घिमिरेले समान १/१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश ४ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन जोड्न सफल भएको थियो। प्रदेश ४ का लागि हरि चौहानले सर्वाधिक ५७ रन बटुल्न सफल भएका थिए। ६४ बलको सामान गरेका हरिले ७ चौका र १ छक्का प्रहार गरेका थिए।

२७.१ ओभरमा ९२ रन बटुल्दै गर्दा ५ विकेट गुमाएको प्रदेश नम्बर ४ लाई सम्हालेका हरिलाई अनिल गुरुङ र विपिन खत्रीले २१ र २७ रन जोड्दै साथ दिएका थिए। ४३ रन बनाएका कप्तान विधान गुरुङलाई अमरसिंह राउटेलाले एलबिडब्लु धरापमा पर्दा राजु गुरुङ २ रनमा अविजित रहे।

बलिङमा एपिएफका कमलसिंह ऐरीले ३ विकेट हात पार्दा अमरसिंह राउटेलाले २ तथा करण केसी र पृथु बास्कोटाले समान १÷१ विकेट लिए।

यस्तै, आइतबारै मूलपानीमा सम्पन्न समूह ‘बी’ को खेलमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर ६ लाई ४८ रनले पराजित ग-यो।

प्रदेश नम्बर ७ ले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ६, ७७ रनमै समेटिएको थियो। प्रदेश नम्बर ६ का लागि कप्तान रवीन्द्रजंग शाहीले सर्वाधिक २९ र दिवान पुनले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन्। प्रदेश नम्बर ६ को इनिङलाई सस्तैमा समेट्न प्रदेश नम्बर ७ का शेर मल्लले सर्वाधिक ५ विकेट हात पार्दा सन्तोष भट्ट र विनोद लामाले २÷२ विकेट लिएका थिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश ७ ले सन्जु धामीको अर्धशतकको मद्दतमा ३१.३ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन जोडेको थियो। ७१ बलको सामना गरेका सन्जुले ५ चौका र १ छक्काको मद्दतमा ५४ रन बटुलेका थिए। यस्तै, सुरेन्द्र चन्दले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

प्रदेश नम्बर ७ को इनिङलाई सस्तैमा समेट्न टेक सलामीले सर्वाधिक ५ विकेट हात पार्दा दिनेश पुनले २ तथा चन्द्र बिसी र प्रकाश जैशीले समान १÷१ विकेट लिए।

प्रतियोगितामा सोमबार प्रदेश नम्बर २ र ४ तथा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश नम्बर ७ बीच खेल हुनेछन्।

प्रकाशित: १४ जेष्ठ २०७५ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App