८ वैशाख २०८१ शनिबार
खेल

कर्णाली प्रिमियर लिग : धनगढी, रुपन्देही र मध्यपश्चिम सेमीफाइनलमा

रोयल राइजिङविरुद्ध बलिङ गर्दै एबिसीका बलर दिनेश अधिकारी । तस्बिर : नागरिक

सुर्खेत– सुर्खेतमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत धनगढी क्रिकेट एकेडेमी, मध्यपश्चिम क्रिकेट क्लव र रुपन्देही–११ ले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। समूह ‘बि’ बाट चार वटै खेलमा विजयी धनगढी क्रिकेट एकेडेमी तथा चार खेलमा तीन खेल जीतेको मध्यपश्चिम क्रिकेट क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। यस्तै समूह ‘ए’ बाट शक्ति गौचनको रुपन्देही–११ सेमिफाइनलमा पुगेको छ। 

बुधबार भएको पहिलो खेलमा एबिसी स्पोर्ट्स क्लवले रोयल राइजिङ क्लवलाई ६ रनले पराजित ग¥यो। टस जितेर ब्याटिङ गरेको एबिसी स्पोर्ट्स क्लबले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो। एबिसीका लागि दिनेश पुनले ३३ तथा मिलन क्षेत्रीले ३१ रन बनाए। रोयल राइजिङका बलर सन्दिप शाहीले तीन विकेट लिए।

१४० रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिङ क्लबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। रोयलको लागि सुमन गुरुङले ३८ रन तथा आशिष सिंहले २२ रन बनाए। एबिसीका बलर दिनेश अधिकारीले सर्वाधिक ४ विकेट तथा अनिल खरेलले २ विकेट लिए।

यस्तै दोस्रो खेलमा शक्ति गौचनको रुपन्देही–११ ले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गरायो। उनले महाकाली क्रिकेट क्लवलाई १०४ रनको बिशाल अन्तरले पराजित ग¥यो। टस जितेर ब्याटिङ गरेको रुपन्देही–११ निर्धारित ओभरमा ५ विकेट गुमाएर २०९ रनको बिशाल योगफल तयार गरेको थियो। रुपन्देहीका लागि निश्चल चौधरीले सर्वाधिक ८५ रन बनाए। ५१ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। यस्तै शक्ति गौचनले अविजित ४२ रन बनाए। गौचनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। महाकालीका हेमन्त धामी र आकाश चन्दले समान २–२ विकेट हात पारे।

२१० रनको लक्ष्य पछ्याउने क्रममा महाकालीले २० ओभरमा ७ विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो। महाकालीका कप्तान रोबिन क्षेत्रीले २८ तथा पारस केसीले २६ रन बनाए। रुपन्देहीका बलर कृष्ण कार्कीले ३ विकेट तथा शक्ति गौचन, सन्दिप सुनार र बिक्रम भूषालले समान १–१ विकेट लिए।

अर्को खेलमा धनगढी क्रिकेट एकेडेमीले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ४ विकेटले पराजित ग¥यो। टस जितेर ब्याटिङ रोजेको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो। काठमाडौंका विराट भण्डारीले २४, दुर्गेश थापाले २०, सचिन लेखकले १६, प्रितम थापाले अविजित १५ रन तथा भोजराज भट्टले अविजित ११ रनको योगदान दिए। धनगढीका बलर पवन कार्कीले सर्वाधिक २ विकेट लिए।

१४२ रनको लक्ष्य धनगढी क्रिकेट एकेडेमीले १७.५ ओभरमा ६ विकेट गुमाएर फेला पा¥यो। ७० रनमा ५ विकेट गुमाएको अवस्थामा धनगढीका कप्तान भुवन कार्कीले किशन बिष्टसंग छैठौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए। टीमलाई जिताउन बिजयी चौका प्रहार गरेका भुवनले अविजित ७४ रनको इनिङ खेले। ७४ रन बनाउने क्रममा उनले ३६ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। किशनले ९ रन बनाए भने त्यसअघि बिपिन रावलले ३० तथा सुबोध ऐरले १९ रन योगदान दिए।  काठमाडौंका भोजराज भट्टले ३ तथा बिपिन आचार्यले २ विकेट हात पारे। 

प्रकाशित: ९ जेष्ठ २०७५ १५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App