७ वैशाख २०८१ शुक्रबार
खेल

आइपीएल : कोलकाताद्वारा राजस्थानसामु १७० रनको लक्ष्य प्रस्तुत

कोलकाता– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो प्लेअफ खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्ससामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान इडेन गार्डेनमा टस हारेर व्याटिङ्गको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनायो। कोलकाताका लागि कप्तान दिनेश कार्तिकले सर्वाधिक ५२ रन बनाए। ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। 

आन्द्रे रुसेलले ४९ रन जोडे। उनले ३ चौका र ५ छक्का प्रहार गरे।  शुभम गिलले ३ चौका र १ छक्कासहित २८, क्रिश लेनले २ चौकासहित १८ रन जोडे।

बलिङतर्फ कृष्णप्पा गोथम, जोर्फा आर्चर र बेन लुगलिनले २–२ विकेट लिए।

आजको खेल कोलकाता र राजस्थानका लागि महत्वपूर्ण छ। जित्ने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ भने हार्ने टिम बाहिरिनेछ।  

प्रकाशित: ९ जेष्ठ २०७५ १५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App