८ वैशाख २०८१ शनिबार
खेल

सन्दिपलाई नगद एक लाख सहित यति फलोरिङ्गको सम्मान

काठमाडौं- यति फलोरिङ्गले युवा क्रिकेटर सन्दिप लामिछानेलाई सम्मान गरेको छ। इन्डियन प्रिमियर लिग (आइपीएल) खेलेर भर्खर स्वदेश फर्केका लामिछानेलाई फलोरिङ्गले आज विशेष कार्यक्रम गर्दै नगद एक लाख सहित सम्मान गरेको हो।

सम्मान कार्यक्रममा लामिछानेले देशको नाम उच्च राख्न सँधै प्रयास गरिरहने बताए। आइपीएलमा प्रतिनिधित्व गर्न पाउनु हामी सबैको गर्वको विषय भएको उनको भनाई थियो।

कार्यक्रममा यति फलोरिङ्गको तर्फबाट निर्देशक नारायण तोदी ,अनिल केडिया, अजय गिरहिया, लोकेश तोदी, सिद्धार्थ केडिया, आयुष केडिया, तथा केडिया अर्गनाइजेशनको कर्पोरेट प्रमुख राजकुमार शाहले खादा र पुष्प गुच्छा दिई सम्मान गर्दै  १ लाख बराबरको चेक हस्तान्तरण गरेका थिए।  

प्रकाशित: ९ जेष्ठ २०७५ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App