१६ चैत्र २०८० शुक्रबार
खेल

मुम्बईविरुद्ध दिल्ली : पहिलो ओभरमै सन्दिपले लिए विकेट

नयाँ दिल्ली– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सन्दिप लामिछानेले मुम्बई इण्डियन्सको विकेट लिएका छन्। 

सन्दिपले खेलको पहिलो ओभरमै मुम्बईका सूर्यकुमार यादवलाई आउट गरेका हुन्। सन्दिपले फालेको चौथो बलमा सूर्यकुमारलाई विजय शंकरले क्याच आउट गरे।

सन्दिपको पहिलो बलमा चौका र दोस्रो बलमा सूर्यकुमारले छक्का प्रहार गरेका थिए। सन्दिपले पहिलो ओभरमा १३ रन खर्चिए।

नयाँदिल्लीको फिरोज शाह कोट्ला मैदानमा दिल्लीले दिएको १७५ रनको विजय लक्ष्यसहित मुम्बईले जवाफी व्याटिङ्ग गरिरहेको छ। आइपीएलको प्लेअफमा पुग्न मुम्बईले आजको खेल जित्नैपर्छ।

प्रकाशित: ६ जेष्ठ २०७५ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App