१६ चैत्र २०८० शुक्रबार
खेल

नेपाल टिम र पेयर च्याम्पियन

काठमाडौं – स्युचाटार डोजाङले ३ स्वर्ण र ३ कांस्य, जेसिस स्कुलले १ स्वर्ण र १ रजत तथा सीतापाइला डोजाङले १ स्वर्ण र २ कांस्य पदक हात पार्दा नेपाल अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपमा शनिबार टिम र पेयर च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको पुम्सेको अन्तिम दिनको खेलमा पुम्सेको सिंगल्समा कोरियाले ३ स्वर्ण र १ कांस्यसहित पहिलो बन्दा मलेसिया ३ स्वर्ण सहित दोस्रो र नेपालको जेसिस स्कुलले १ स्वर्ण, १ रजत र १ कांस्य पदकमा चित्त बुझाउँदै तेस्रो भयो।

उता, पेयर पुम्सेमा नेपालको स्युचाटार डोजाङले १ स्वर्ण र १ कांस्य पदक हात पार्दै पहिलो बन्दा भारतले १ स्वर्ण र १ कांस्य जित्दै दोस्रो र नेपालको कोटेश्वर डोजाङले १ स्वर्ण जित्दै तेस्रो बन्यो । पेयरमा भारतका दोवाशिष दास र विजिता गोस्वामीको जोडी उत्कृष्ट घोषित भयो।

शनिबार सम्पन्न जुनिरयर ५१ केजी फाइटतर्फ नेपालका विकास श्रेष्ठले स्वर्ण, मुकेश लुइटेलले रजत तथा सोहिब अख्तर र दीपेश खत्रीले कांस्य पदक हात पारे । ४८ केजीमा प्रज्वल तामाङ पहिलो बन्दा भारतका चन्दन दोस्रो र नेपालका साधु प्रजा र अरुण तामाङ तेस्रो बने।

महिला क्याडेटतर्फ २५ केजीमुनिमा नेपालकी पुष्पा वादीले स्वर्ण हात पार्दा करुणा ढुंगानाले रजत तथा परिसा कुँवर र योजिना सुइथानीले कांस्य पदक हात पारे । यस्तै, २३ केजीमुनिमा अष्ट्रेलियाकी सार्भिका रायानाले स्वर्ण पदका हात पार्दा नेपालकी मेलिना पगामीले रजत, भारतकी तनुस्का सिंह र नेपालकी कृष्णा थापाले कांस्य पदक जिते।

नेपालसहित १३ राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा महिलातर्फ २ सय ५० र पुरुष ३ सय ८३ खेलाडीले कुल ३८ इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७५ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App