८ वैशाख २०८१ शनिबार
खेल

आइपीएल : हैदरावादले कोलकातालाई दियो १७३ रनको विजय लक्ष्य

हैदरावाद– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्ससामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले व्याटिङ्ग गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७२ रन बनायो। हैदरावादका लागि शिखर धवनले ५० रन बनाए। ३९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे।

कप्तान केन विलम्सनले १ चौका र ३ छक्कासहित ३६, श्रीवत्स गोस्वामीले ४ चौका र १ छक्कासहित ३५ रन जोडे। मनीष पाण्डे २ चौका र १ छक्कासहित २५ रनमा आउट भए।

बलिङतर्फ प्रसिद कृष्णाले ४ विकेट लिए। आन्द्रे रुसेल, सुनील नारिन, कुलदील यादव र जेभोन सीयरलेसले समान १–१ विकेट लिए।

प्रकाशित: ५ जेष्ठ २०७५ १६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App