१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चेन्नईविरूद्ध दिल्ली विजयी, सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ घाेषित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्।

दिल्ली डेयरडेभिल्सबाट यसअघि बैंगलोरविरुद्ध डेब्यु गरेका सन्दीपले पहिलो खेलमै विकेल लिएर सनसनी मच्चाएका थिए । शुक्रबारको खेलमा दिल्ली ३४ रनले विजयी भए।

उनले दाेस्रो खेलमा पनि कम रन दिँदै सुरेश रैनाको विकेट लिए । चार ओभर बल फ्याकेका सन्दीपले २१ रन दिँदै १ विकेट लिए । उनले तेस्रो ओभरको पहिलो बलमा रैनालाइ विजय शंकरबाट क्याच गराएका थिए। 

उत्कृष्ट प्रदर्शनसँगै सन्दीपले ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ भए । सोबापत उनले एक लाख भारतीय रुपैयाँ पाए।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै १६८ रन बनायो । दिल्लीका लागि ऋषभ पन्तले ३८, विजय शंकरले ३६ र हर्षल पटेलले अविजित ३६ रन बनाएका थिए। 

१६९ रनको विजय लक्ष्य पछ्याएको चेन्नइले निर्धारित ओभरमा ६ विकेको क्षतिमा १२८ रनमात्र बनायो। चेन्नईका लागि अम्बाती रायूडुले अर्धशतक पार गर्दै ५० रन बनाएका थिए भने रवीन्द्र जडेजाले २७ रन जोडे। 

चेन्नईले प्लेअफमा स्थान बनाइसकेको छ भने दिल्लीको प्लेअफमा पुग्ने सम्भावना टरिसकेको छ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App