१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अनुप स्मृति गोल्डकप : भोजपुर र बुईपा सेमीफाइनलमा

खोटाङ– खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपमा भोजपुर नगरपालिका र खोटाङकै बुईपा सेवा समाज बुईपा सेमीफाइनल प्रवेश गरेको छ। शनिबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको क्वाटरफाइनल खेलमा खोटाङ भगवती स्पोर्टस् क्लबलाई पेनाल्टी सुटआउटमा पछि पार्दै भोजपुर नगरपालिका सेमीफाइनलमा पुगेको हो। 

निर्धारित समयमा बराबरी १÷१ गोल भएपछि पेनाल्टी सुटआउटमा भोजपुर नगरपालिकाले ३ का बिरुद्ध ५ गोल गरेको प्रतियोगीताका सहसंयोजक एबं दिक्तेल फुटबल क्लवका अध्यक्ष सगुन ताम्राकारले बताए। यस्तै, फुटबल एकेडेमी (केएफए) लाई ० का बिरुद्ध १ गोल गर्दै बुईपा सेवा समाजले सेमीफाईनलको यात्रा तय गरेको हो। यसअघि शुक्रबार भएको खेलबाट काठ्माडौंको फ्रेण्डसीप यातायात सेवा र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा सेमीफाइनल प्रवेश गरिसकेको छ। 

आइतबार दिउँसो १ बजेपछि फ्रेण्डसीप यातायात काठ्माण्डौं र बुईपा सेवा समाज तथा दिउँसो ३ बजेबाट भोजपुर नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ। २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा दिक्तेल फुटबल क्लव र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले गोल्डकप आयोजना गरेको हो। 

प्रतियोगिताका बिजेताले नगद १ लाख ५१ हजार १११, उपबिजेता टिमले नगद ७५ हजार ५५५ र दुई सेमीफाईनलिस्टले नगद २५÷२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यस्तै, उत्कृष्ट डिफन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, अनुशासित टिम, मेन अफ द टुर्नामेन्ट लगायत ८ बिद्यालाई जनही ५ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक एबं माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले बताए। 

प्रकाशित: २९ वैशाख २०७५ १५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App