१६ चैत्र २०८० शुक्रबार
खेल

आइपीएल : पञ्जाबले पायो २४६ रनको विशाल लक्ष्य, कोलकाताको विस्फोटक व्याटिङ्ग

इन्दौर– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबसामु २४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मध्य प्रदेशको इन्दौरस्थित होल्कर स्टेडियममा टस जितेर पहिले व्याटिङ्ग गर्न मैदानमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन बनायो।

कोलकाताका लागि सुनील नारायणले ७५ रन बनाए। ३६ बलमा उनले ९ चौका ४ छक्का प्रहार गरे। कप्तान दिनेश कार्तिकले अर्धशतक प्रहार गरे। २३ बल खेलेका उनले ५ चौका र ३ छक्कासहित ५० रन जोडे। आन्द्रे रुसेलले २ चौका र ३ छक्कासहित ३१ रन बनाए। क्रिश लेनले २७ तथा रोबिन उथप्पाले २४ रन जोडे।

बलिङतर्फ एंड्रयु टायले सर्वाधिक ४ विकेट लिए। मोहित शर्मा र बरिन्दर सरांले समान १–१ विकेट लिए।

प्रकाशित: २९ वैशाख २०७५ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App