७ वैशाख २०८१ शुक्रबार
खेल

मोदीले सम्झिए सन्दिप लामिछानेलाई

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट खेल्न भारतमा रहेका नेपाली युवा स्पिनर सन्दिप लामिछानेलाई सम्झिएका छन्। 

काठमाडौं महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले भारतमा चलिरहेको आइपीएल क्रिकेटमा नेपाल पनि जोडिएको बताए।

उनले भने– ‘भारतमा चलिरहेको आइपीएलमा पहिलोपटक नेपालको एक नौ जवान खेलाडी सन्दिप लामिछाने सहभागी भएका छन्। यो खुसीको कुरा हो। अन्य खेलको माध्यमबाट नेपाल र भारतबीच पिपुल टु पिपुल सम्बन्ध कायम रहोस भन्न चाहन्छु।’

नेपालबाट पहिलोपटक सन्दिप लामिछाने दिल्ली डेयर डेभिल्समार्फत आइपीएलमा सहभागी छन्। उनलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको छ।

प्रकाशित: २९ वैशाख २०७५ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App