१५ चैत्र २०८० बिहीबार
खेल

अाइपीएलः सनराइजर्स हैदरावाद ९ विकेटले विजयी

दिल्ली - इण्डियन प्रिमियर लिगमा बिहीबार सनराइजर्स हैदरावाद ९ विकेटले विजयी भएको छ । उसले दिल्ली डेयर डेभिल्सले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य ७ बल अगावै पूरा गर्याे। 

हैदरावादको लागि शिखर धवनले अविजित ९२ रन बनाए भने कने विलियम्सनले अविजित ८३ रन बनाए । 
घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा टस जितेर ब्याटिङ राजेको दिल्लीले निर्धारित २० ओभरको खेलमा १ सय ८७ रन बनाएको थियो । जसमा ऋषभ पन्तले सर्वाधिक १ सय २८ रन बनाएका थिए । 

प्रकाशित: २८ वैशाख २०७५ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App