coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदै

खोटाङ– खोटाङमा सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदैछ । नेपाल सितोरियो कराते संघको आयोजनामा बिहीबारदेखि शनिबारसम्म दिक्तेलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहान ११ बजेपछि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । 

कराते प्रतियोगिताका लागि श्रीलंका, भारत, नेपाली सेना, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, ३ नम्बर प्रदेश, ४ नम्बर प्रदेश, ६ नम्बर प्रदेश र आयोजक सहित ९ टिमको प्रतिष्पर्धा हुने आयोजक नेपाल सितोरियो कराते संघको खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप हालसम्मकै ठूलो धनराशीको दोश्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्न लागिएको हो । 

तीन दिवसीय प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः १ लाख, ७० हजार, ५० हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई जनही २०÷२० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुशार १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि विभिन्न तौल समूहका पुरुष÷महिला कुमिते तथा पुरुष÷महिला काँतातर्फ ३१५ खेलाडीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गर्ने छन् । 

प्रतियोगिताका लागि माटिकोरे खेलमैदान स्टीलको पर्मानेन्ट मञ्च, दर्शक बस्ने बाँसको प्याराफिट, कम्पाउण्डिङ, अफिसियल र निर्णायक बस्ने हल, गेट, अस्थायी शौचालय लगायतका पूर्वाधारले सजिएका छन् । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि जिल्ला समन्वय समितिका संयोजक बबी चामलीङको संयोजकत्वमा मूल आयोजक समिति बनाइएको छ । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चन्दा उठाएरै प्रथम संस्करण सञ्चालन गरेको संघले सोही अनुशार दोश्रो संस्करणको तयारी गरेको हो। 

प्रकाशित: २० वैशाख २०७५ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App