coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हाफिजमाथिको प्रतिबन्ध फुकुवा

दुवई – बलिङ एक्सनमा सुधार गरेपछि मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पाकिस्तानी अल राउन्डर मोहम्मद हाफिजमाथि अन्तर्राष्ट्रिय बलिङका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। 

३७ वर्षे हाफिज यस अघि दुवइमा सम्पन्न श्रीलंकासँगको एक दिवसीय खेलपछि बलिङ एक्सनको कारण देखाउँदे आईसीसीले तेस्रो पटक प्रतिबन्ध गरेको थियो।  गत महिना उनी नयाँ बलिङ एक्सन परिक्षणमा सहभागि भएका थिए।

‘गत महिना हाफिजले आइसीसी टोली समक्ष सुधारिएको बलिङ एक्सनको परिक्षण गराएका थिए । सो क्रममा उनको बलिङ एक्सन जायज भएको पाइयो’, आईसीसीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यस सँगै हाफिजलाई पुन अन्तर्राष्ट्रिय खेलमा बलिङ गर्न अनुमति दिइएको छ।’

आईसीसीको नियम अनुसार कुनै पनि खेलाडीले बलिङ गर्दा कुइनोको १५ डिग्रीको कोणलाई मान्यता दिने उल्लेख गरेको छ।

आइसीसीले हाफिजको बलिङ एक्सनलाई भविष्यमा पनि नियाल्ने जनाएको छ । यदि बलिङ खेल भावना विपरित रहेमा आइसीसीले पुर्नविचार गर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ।

हाफिज डिसेम्बर १४ मा पहिलो पटक युनाइटेड अरब इमिरेट्ससँगको टेष्ट शृंखलामा प्रतिबन्धमा परेका थिए । बलिङ एक्सनको परिक्षण पछिको २०१५ को अप्रिलमा उनलाई बलिङमा प्रतिबन्ध लागेको थियो भने १२ महिना पछि प्रतिबन्ध फुकुवा भएको थियो। 

हाफिज आयरल्यान्ड र इङ्ल्यान्डसँगको टेष्ट खेलका लागि टोलीमा समावेश छैनन् । पाकिस्तानी मुख्य प्रशिक्षक मिक्की अरथरले पछिल्लो महिना प्रतिबन्ध फुकुवा हुनु पर्ने बताएका थिए। 

अरथुरले भने, ‘हाफिजका लागि ढोका खुला हुनुपर्छ, उनी बलिङमा फर्किदाँ टोलीका लागि राम्रो हुन्छ, यदि टोलीमा समावेश भएन भने टोलीलाई समस्या पर्नेछ ।’ हाफिस जनवरी न्यु जिल्यान्डसँगको ट्वान्टी–२० शृंखला र वेष्ट इन्डिजसँग घरेलु खेलमा टोलीमा समावेश भएका थिएनन्।

 

प्रकाशित: २० वैशाख २०७५ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App