२४ असार २०७७ बुधबार
खेल

कोलकातासँग बेंग्लोर ६ विकेटले पराजित

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेंग्लोरलेलाई ६ विकेटले पराजित गरेको छ।

१७६ रनको लक्ष्य पाएको कोलकाताले ५ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेटायो।

कोलाकाताको जितका लागि क्रिस लिनले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ६२ रनको योग्दान दिए।  उनले ५२ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे।

दिनेश कार्तिकले १० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडे भने रोबिन उथप्पाले २१ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३६ रन बनाए। सुनिल नाराइनले १९ बलमा ३ चौका र १ छक्का सहित २७ को योग्दान दिए।

उता पहिले ब्याटिङ गरेको बेंग्लोरका लागि कप्तान विराट कोहलीले नटआउट ६८ रन बनाए। ४४ बलमा नटआउट ६८ रनको पारी खेलेका कोहलीले ५ चौका र ३ छक्का प्रहार गरे।

ब्रेण्डन मैक्कुलमले ३८ रन जोडे। क्विन्ट डि ककले २९ रन बनाउँदा मन्दिप सिंह १९ रनमा समेटिए।

बलिङतर्फ कोलकाताका आन्द्रे रुसेलले सर्वाधिक ३ विकेट लिए। कुलदिप यादवले एक विकेट लिए।

प्रकाशित: १७ वैशाख २०७५ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App