१५ चैत्र २०८० बिहीबार
खेल

आइपीएल : बेंग्लोरद्वारा कोलकातासामु १७६ रनको लक्ष्य प्रस्तुत

बेग्लुरु– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आइतबारको जारी दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरले कोलकता नाइट राइडर्ससामु १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कप्तान विराट कोहलीको नटआउट ६८ रनको मद्दतमा बेंग्लोरले २० ओभरको खेलमा घरेलु मैदान एम चिन्नाशिवाय स्टेडियममा ४ विकेट गुमाउँदै १७५ रन बनायो। 

४४ बलमा नटआउट ६८ रनको पारी खेलेका कोहलीले ५ चौका र ३ छक्का प्रहार गरे। ब्रेण्डन मैक्कुलमले ३८ रन जोडे। क्विन्ट डि ककले २९ रन बनाउँदा मन्दिप सिंह १९ रनमा समेटिए। 

बलिङतर्फ कोलकाताका आन्द्रे रुसेलले सर्वाधिक ३ विकेट लिए। कुलदिप यादवले एक विकेट लिए।  

प्रकाशित: १६ वैशाख २०७५ १५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App