१६ चैत्र २०८० शुक्रबार
खेल

आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस हुने

काठमाडौं – पहिलो आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ। आइएमई फाउन्डेसनको आयोजना, अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटिए) को सहयोग र जुनियर टेनिस इनिसिएसनको (जेटिआई) संयोजनमा जेठ ६ देखि १२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो।

टेनिस खेलको दिगो विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको आइएमईले जनाएको छ। नाउलिङ स्पोर्टस भिल्ला र मन्डिखाटार टेनिस क्लबमा आठ, नौ, दस, बाह्र र चौध वर्षमुनिका बालबालिकाका लागि उक्त प्रतियोगिता आयोजना हुने आइएमईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विभिन्न उमेर समूहका प्रतिस्पर्धीमध्येबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ। खेलाडीले नाउलिङ स्पोर्टस भिल्ला सुन्दरबस्ती भंगाल र मन्डिखाटार टेनिस क्लबका अतिरिक्त अल नेपाल लन टेनिस एसोसिएसन सातदोबाटोमा जेठ २ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने आइएमईले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७५ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App