१६ चैत्र २०८० शुक्रबार
खेल

आइपीएल : चेन्नईलाई १६९ रनमा रोक्यो मुम्बईले

मुम्बई– भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्ससामु १७० रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस जितेर चेन्नईलाई ब्याटिङ्गमा उतारेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट लिँदै १६९ रनमा रोक्यो।

चेन्नईका लागि सुरेश रैनाले नटआउट ७५ रनको पारी खेले। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। अम्बति रायडूले ३५ बलमा २ चौका र ४ छक्कासहित ४६ रन जोडे। कप्तान महेन्द्रसिंह धोनीले २१ बलमा ३ चौका र १ छक्कासहित २६ रन बनाउँदा शेन वाट्सन १२ रनमा समेटिए। 

बलिङतर्फ क्रुनाल पाण्ड्या र मिचेल मैक्लेन्घनले समान २ तथा हार्दिक पाण्ड्याले १ विकेट लिए। 

प्रकाशित: १५ वैशाख २०७५ १६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App