१६ चैत्र २०८० शुक्रबार
खेल

भारत च्याम्पियन

काठमाडौं – आइटिएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपअन्तर्गत दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा शुक्रबार छात्र र छात्रा दुवै स्पर्धामा नेपालमाथि सहज जित निकाल्दै भारत च्याम्पियन बनेको छ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छात्र फाइनलको एकलमा भारतका हर्ष फोगाटले नेपालका अकी जुवेन रावतलाई ७–५, ६–१ तथा भारतका वंश नन्दलले आरभसम्राट हाडालाई ६–४, ६–२ को सोझो सेटमा हराए।

अखिल नेपाल लन टेनिस संघद्वारा आयोजित प्रतियोगिताको छात्रा फाइनलको एकलमा भारतकी दुर्गान्सीले नेपालकी अजा रेग्मीलाई ६–०, ६–० को हराउँदा अर्को एकलमा भारतकी अन्जली राथीले नेपालकी शुभांगीलक्ष्मी शाह विरुद्धको खेलमा ६–०, ३–१ ले अगाडि रहेको अवस्थामा शुभांगी रिटायर्ड हर्ट भएपछि अन्जलीलाई विजयी घोषित गरिएको थियो।

प्रकाशित: १५ वैशाख २०७५ ०२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App