७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल अन्तिम चारमा

काठमाडौं – नेपालका ब्वाइज र गल्र्स दुवै टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। राउन्ड रोविन लिगमा नेपालका दुवै टोली दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्। पाँच राष्ट्र सहभागी ब्वाइजमा भारत पहिलो भयो भने पाकिस्तान तेस्रो र श्रीलंका चौथो भए । ब्वाइजमा भुटानको चुनौती समाप्त भएको छ। ४ राष्ट्र रहेको गल्र्समा पनि भारत पहिलो भयो। श्रीलंका तेश्रो र भुटान चौथो स्थानमा रहे।

ब्वाइज सेमिफाइनलमा नेपालले पाकिस्तान तथा भारतले श्रीलंकाको सामना गर्नेछन्। नेपाल र श्रीलंका तथा भारत र भुटानबीच गल्र्सको सेमिफाइनल हुनेछ। सेमिफाइनलका विजेताले आगामी नोभेम्बरमा कजाकिस्तानमा हुने आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिप स्थान पक्का गर्नेछन्।

राउन्ड रोविन लिगको अन्तिम दिन नेपाली ब्वाइज र गल्र्स टिम दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे।

ब्वाइजमा नेपालले पाकिस्तानलाई २–१ ले पराजित ग-यो। पहिलो सिंगल्समा नेपालका अकी जुवेन रावतले पाकिस्तानका विलाल असिमलाई ६–२ र ६–२ को सोझो सेटमा हराए। दोश्रो सेमिफाइनलमा पाकिस्तानका हमिद इस्ररले नेपालका आरभसम्राट हाडालाई ६–२ र ६–३ ले पाखा लगाउदै खेललाई बराबरीमा ल्याएका थिए। निर्णायक रहेको डबल्समा अकी र आरभको जोडीले विलाल र मुहम्मद हुजैफा खानको जोडीलाई ६–० र ६–१ को सीधा सेटमा पन्छ्याउदै नतिजा आफ्नो पक्षमा पारेका थिए।

सातदोबाटोस्थित टेनिस कोर्टमा नेपाली गल्र्स टिमले भुटानमाथि ३–० को सहज जित रच्यो। सिंगल्समा नेपालकी अजा रेग्मीले भुटानकी युडेन कर्मा दोर्जीलाई ६–१ र ६–३ तथा नेपालकी शुभाङ्गीलक्ष्मी शाहले भुटानकी वाङसेल तेन्जिन ल्हादेनलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाए। डबल्समा शुभाङ्गी र आइशा डोल्कर गुरुङको जोडीले युडेन र कुइङ्गा पाल्मोको जोडीलाई ६–१ र ६–० ले पन्छाए।

ब्वाइजमा भारतले श्रीलंका र भुटानलाई समान ३–० तथा पाकिस्तानले भुटानलाई ३–० ले नै निराश पारे । गल्र्समा भारतले श्रीलंकालाई ३–० ले हरायो।

प्रकाशित: १३ वैशाख २०७५ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App