७ वैशाख २०८१ शुक्रबार
खेल

आइपीएल : बेंग्लोरलाई पराजीत गर्दै चेन्नई उक्लियो शीर्ष स्थानमा

काठमाडौं - भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्ससँग रोयल च्यालेञ्जर्स बेंग्लोर पाँच विकेटले पराजीत भएको छ।

चिन्नास्वामी स्टेडियम बेंग्लोरमा बुधबार राति भएको खेलमा पहिले व्याटिङ गर्दै बेंग्लोरले चेन्नईसामु २ सय ६ रनको विजय लक्ष्य दिएकाेमा चेन्नई दुई बल बाँकी हुँदै पाँच विकेट गुमाएर लक्ष्य भेट्न सफल भयो।

चेन्नईको जितको श्रेय कप्तान महेन्द्रसिंह धोनी र अम्बाति रायडुलाई दिन सकिन्छ। धोनीले नटआउट ७० र रायडुले ८२ रनको योगदान गरेका थिए। रायडुले ५३ बलमा तीन चौका र आठ छक्का प्रहार गर्दै ८२ रन जोडेका थिए भने उनी १८ औं ओभरमा रन आउट हुन पुगे। यस्तै धोनीले ३४ बलमा सात छक्का र एक चौका प्रहार गर्दै नटआउट ७० रन जोडे।

ड्वेन ब्राभोले पनि महत्वपूर्ण समयमा ७ बलमा नटआउट १४ रन बनाउँदै टिमको जितका लागि महत्वपूर्ण योग्दान गरे।

बलिङतर्फ युजवेन्द्र चहलले २ तथा उमेश यादव र पवन नेगीले एक–एक विकेट लिए।

उता बेंग्लोरका एबीडी भिलियर्सले ६८, क्वीन्टन डिककले ५३ र मन्दिप सिंहले ३२ रनको योगदान दिएका थिए। डी भिलियर्सले ३० बलमा ८ छक्का र २ चौकासहित ६८ रन बनाए बनाउँदै उत्कृष्ट प्रदर्शन गरेपनि टिम पराजित हुनबाट जोगिएन।

बलिङतर्फ शार्दुल ठाकुर, इमरान ताहिर र ड्वाइन ब्राभोले २–२ विकेट लिएका थिए।

यो जितसँगै चेन्नई आईपीएल तालिकामा ६ खेलबाट १० अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ। बेंग्लोर भने ६ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ।

प्रकाशित: १३ वैशाख २०७५ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App