१५ चैत्र २०८० बिहीबार
खेल

नेपाली गल्फ खेलाडी प्रतिमाको असाधारण क्षमताः टाइगर उड्स

काठमाडौं – १८ वर्षीया नेपाली गल्फ खेलाडी प्रतीमा शेर्पाको खेल जीवनमा आधारित वृत चित्र सप्ताहन्तमा अमेरिकाको न्यूयोर्कमा प्रिमियर गरिएको छ। चलचित्रमा उनको गल्फ जीवनको भोगाइलाई समेटिएको छ।

उक्त कार्यक्रमको अवसमा उनले मंगलबार टाइगर उड्ससँग पनि भेट गरेकी छन्। टाइगर उडले अमेरिकाको फ्लोरीडास्थित मेडलिस्ट गल्फ क्लबमा उनले प्रशिक्षण लिएकी हुन्। उनले टाइगरसँगको भेटले आफू निकै खुशी भएको जनाएकी छन्।

प्रतिमासँग असाधारण क्षमता भएको टाइगरले ट्वीटमार्फत प्रतिक्रिया दिएका छन्। उनीसँगको भेट तथा कुराकानी वास्तवमै प्रेरणादायी भएको टाइगरले बताए। टाइगरले प्रतिमाको उद्देश्य र आफ्नो राष्ट्रलाई गल्फका माध्यमबाट विश्वमा चिनाउने पहिलो महीला खेलाडी भएको केही वर्ष अघि गल्फ डाइजेस्ट पत्रिकामा प्रकाशित लेखबाट जान्ने मौका मिलेको बताए।

प्रतिमा गल्फको थप प्रशिक्षणका लागि गतवर्ष अमेरिका गएकी थिइन्। उनको बारेमा थाहा पाइसकेपछि टाइगरको पहलमा माइक र ट्यानियाले उनलाई अमेरिका बोलाएका थिए। अहिले उनी माइकको  परिवारसँग बस्दै आएकी छन् र उनले त्यहाँ थुप्रै साना प्रतियोगिताहरुमा सहभागी भएकी छन्।

टाइगरले उनलाई गल्फका विषयमा थुप्रै टिप्सहरू सिकाएका छन्। प्रतिमा यही साता काठमाडौं फर्किने छिन्।
 

Inspiring day working with my @TGRFound team and meeting Pratima Sherpa, an amazing young woman from Nepal. We can all learn from her perseverance, hard work and determination. pic.twitter.com/rV5KAtKzzl

— Tiger Woods (@TigerWoods) April 24, 2018

प्रकाशित: १२ वैशाख २०७५ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App