coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकपः नेपाल पुलिस क्लब र दुर्गापुर स्टिल क्लब भारत भिड्दै

इलाम – इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) विभागीय टिम नेपाल पुलिस क्लब र भारतको दुर्गापुर स्टिल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ः०० बजे बाट सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ।

यसअघि शनिबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गर्दै भारतको सिक्किम युनाइटेड क्वाटरफाइनल प्रवेश गरेको छ।

प्रतियोगितामा ३ विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एफिएफ क्लब, मनाङ मर्स्याङ्दी, रमपम झापा–११, थ्रिस्टार, आयोजक माइभ्याली, पोखराको कास्की–११, संकटा क्लबसहित भारतको सिक्किम युनाइटेड, दुर्गापुर स्टिल फुटबल क्लब र बंगलादेशको कावरान प्रगति संघको सहभागिता रहेको छ।  

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। सर्वोत्कृष्ट खेलाडीले यमाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको फाइनल खेल वैशाख १७ गते हुनेछ।  

प्रकाशित: ९ वैशाख २०७५ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App