coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एन्फाको चुनाव र लिग गर्न खेलाडीको आग्रह

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा तथा निर्वाचन स्थगित हुँदा नेपाली फुटबल अन्योलमा धकेलिएको भन्दै बुधबार अखिल नेपाल फुटबल खेलाडी संघले चिन्ता व्यक्त गरेको छ।

खेलाडी संघका उपाध्यक्ष एवं नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले एन्फाको अन्योलपूर्ण विवादका कारण पछिल्लो तीन वर्षदेखि ‘ए’ डिभिजन फुटबल लिग समेत हुन नसकेको प्रशंग कोट्याउँदै त्यसबाट नेपाली फुटबललाई ठूलो क्षति पुगेको बताए।

लिग नियमित नहुँदा खेलाडीमात्र नभई क्लब, प्रशिक्षक र अन्य प्राविधिकहरु पनि प्रभावित भएको उनको भनाई थियो । लिग नभएकै कारण खेलाडीहरु जीवनयापनका लागि विदेशिन थालेकोमा उनले चिन्ता व्यक्त गरे।

‘देशमा लिग नभएको वर्षौ भइसक्यो । हामीले खेल्ने भनेको मोफसलका नकआउट प्रतियोगितामात्र हुन् । त्यस्ता प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरका लागि तयारी गर्न पर्याप्त हुँदैन । सबै खेलाडी अहिले अत्यन्तै कठिन अवस्थामा छन् । एन्फाले चाढो भन्दा चाढो यो समस्या समाधान गर्नेमा हामी आशावादी छौं,’ महर्जनले भने, ‘चुनाव नभई लिग हुने देखिदैन । त्यसैले पहिला चुनाव गरेर लिग आयोजना गर्दै नेपाली फुटबललाई फेरी सही ट्रयाकमा फर्काउनुपर्छ।’

एन्फा निर्वाचनको विवाद कायम रहेको अवस्थामा फुटबल क्लब संयोजन समितिले अन्योल समाप्त गर्दै चुनाव नभएसम्म कुनै पनि क्लबले खेलाडी अनुबन्ध नगर्ने घोषणा गरिसकेको छ । क्लबले खेलाडी अनुबन्ध नगर्दा घरेलु फुटबल अगाडि बढ्न नसक्ने बताउँदै खेलाडी संघले यसको सबै जिम्मेवारी एन्फाले लिनुपर्ने जनायो । एन्फाले लिग आयोजना नगरिरहेको अवस्थामा क्लबसँग सहमति गरेर मिति समेत नतोकेकोमा महर्जनले आक्रोष पोखे।

हालै सम्पन्न निर्वाचनबाट चुनिएका खेलाडी संघका अध्यक्ष राजेश मानन्धर तथा सदस्य सुजल श्रेष्ठलगायतले खेलाडीमात्र नभई सम्पूर्ण नेपाली फुटबलको भविश्यका लागि तत्काल निर्वाचन र लिगको मिति तोक्न आह्वान गरे।

प्रकाशित: ७ वैशाख २०७५ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App