१५ चैत्र २०८० बिहीबार
खेल

साफ च्याम्पियनसीपको ड्र सार्वजनिक, नेपाल ‘समूह ए’ मा

बंगलादेश – आगामी सेप्टेम्बर ४ बाट बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबलको ड्र सार्वजनिक गरिएको छ।

सार्वजनिक ड्र अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। नेपाल रहेको समूहमा आयोेजक बंगलादेशसँगै भुटान र पाकिस्तान गरेका छन्। बंगलादेशको राजधानी ढाँकामा बुधबार (आज) भएको ड्र अनुसार समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स परेका छन् ।

७ राष्ट्रले सहभागिता जनाउने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, साविक विजेता भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।

अफगानिस्तान भने मध्य एसियामा गएपछि साफमा सहभागी राष्ट्रको संख्या ७ मा झरेको हो। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन्।

प्रकाशित: ५ वैशाख २०७५ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App