७ वैशाख २०८१ शुक्रबार
खेल

रंगभेदी दुर्व्यवहारमाथि फिफाको छानबिन

पेरिस – फिफाले रूस र फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलदौरान रूसी समर्थकले फ्रान्सेली खेलाडीमाथि गरेको रंगभेदी दुर्व्यवहारको छानबिन गर्न मंगलबार अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

यसै महिनाको सुरुआतमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा रूसी समर्थकले मिडफिल्डर पाउल पोग्बा र औसामाने डेम्बेलेमाथि रंगभेदी दुर्व्यवहार गरेका थिए । उनीहरूले पोग्बा र डेम्बेलेलाई ‘बाँदरलाई मैदान प्रवेशमा अनुमति छैन’ भन्ने नारा लगाएका थिए।

‘अनुसन्धान प्रक्रिया अघि बढेको छ । त्यसैले हामी यस विषयमा अहिले थप विवरण दिन असमर्थ छाै‌,’ फिफाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

रूस फुटबल संघ (आरएफयु) ले फिफाको अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार भएको जनाएको छ।

‘हामीले घटना सार्वजनिक भएको भोलिपल्टै आन्तरिक छानबिन कमिटी गठन गरेका थियाै‌,’  आरएफयुको अनुसन्धान कमिटीका अध्यक्ष एलेक्जेन्डर ब्रानोभले भने, ‘सबै खेल फिफाको नियममा बसेर खेलिन्छ।

हामीले त्यो दिन के भएको थियो भनेर आन्तरिक छानबिन कमिटी गठन गरेका थियौं । हामीलाई छानबिनमा भेटिएका तथ्य फिफालाई बुझाउन कुनै आपत्ति छैन।’

घटनालगत्तै फ्रान्सका खेलकुदमन्त्री लाउरा फ्सेलले पोग्बा र डेम्बेलेमाथि भएको रंगभेदी दुर्व्यवहारप्रति आपत्ति जनाएकी थिइन्।

प्रकाशित: ५ वैशाख २०७५ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App