त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० श्रृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे शुरु हुनेछ।
यसअघि नेपालले नेदरल्याण्ड्ससँग २० र १५ रन तथा थाइल्याण्डसँग चार विकेटको हार व्यहोरेको थियो। आज जित्नैपर्ने दबाबसहित मैदान उत्रिनेछ।
प्रकाशित: २२ माघ २०८१ ०९:१२ मंगलबार