३० माघ २०८१ बुधबार
image/svg+xml
खेल

त्रिदेशीय टी-२० महिला क्रिकेट : बाँकी सबै खेल जित्नै पर्ने दबाबमा नेपाल

मंगलकार थाइल्यान्डसँग खेल्ने

काठमाडौंमा जारी त्रिदेशीय टी-२० महिला क्रिकेट प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपालले मंगलकार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । प्रतिस्पर्धा दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रतियोगिताको पाँचौ खेलको समाप्तिसम्म अपराजित रहेको थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल रहेको छ । मंगलबारको खेलमा समेत पराजित भए नेपालको उपाधि यात्रा समाप्त हुनेछ । जितले थाइल्यान्डलाई भने उपाधि नजिक पुर्याउनेछ ।

समान ३ खेल खेलेको थाइल्यान्ड ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ भने नेपाल अंकविहीन छ । चार खेल खेलेको अर्को टोली नेदरल्यान्ड्सको चार अंक छ ।

मंगलबारको खेलमा नेपालले जित निकाल्न सके तीनै टोलीको उपाधि यात्रा कायम रहनेछ । सिरिजमा नेपालले बुधबार नेदरल्यान्ड्ससँग र छैठौं तथा अन्तिम खेलमा थाइल्यान्डसँग खेल्नेछ । भ्रमणकारी दुई टोली बिहीबार आमनेसामने हुनेछन् ।

उपाधि जित्न नेदरल्यान्ड्स पनि जित्नै पर्ने दबाबमा रहेको छ । रनरेटमा कमजोर रहेको डच टोलीले नेपाल र थाइल्यान्डसँगको दुवै खेल जित्नु पर्नेछ । नेपाललाई भने तीनै खेलमा जित निकाल्दै थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नजिता पनि कुर्नु पर्नेछ । 

बिहीबारको खेलमा थाइल्यान्ड विजयी भए सो अघिका दुवै खेलमा जित निकाले पनि एक खेल अगावै नेपालको यात्रा पनि सकिनेछ । 

प्रकाशित: २१ माघ २०८१ १८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App