३० माघ २०८१ बुधबार
image/svg+xml
खेल

नेरिक एकेडेमी, ज्ञान निकेतन र रोज बडलाई उपाधि

नेरिक एकेडेमी, ज्ञान निकेतन र रोज बडले १०औं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि उचालेका छन्।

बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा आइतबार सम्पन्न प्रतियोगितामा ज्ञान निकेतन सिनियर बोइज, नेरिक जुनियर बोइज र रोज बड सिनियर गल्र्समा च्याम्पियन भएका हुन्।

सिनियर बोइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ४२–३० ले पराजित गर्‍यो। ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १३ अंक जोडे। जुनियर बोइजको फाइनलमा नेरिकले ज्ञान निकेतनलाई  ३२–२२ ले हरायो। नेरिकका सविन खत्रीले १२ स्कोर गरे।

सिनियर गल्र्सको फाइनलमा रोज बडले मातृभूमिलाई १६–१४ ले हरायो। रोज बडकी अविस्का थापाले  ८ अंक जोडिन्। सिनियर बोइजमा ज्ञान निकेतनका सवाज मन्सुर खान, जुनियर बोइजमा सविन खत्री र सिनियर गल्र्समा अविस्का थापा मोस्ट भेलुएबल प्लेयर घोषित भए।

सिनियर बोइजमा नेरिकका सुशल मगर, जुनियर बोइजमा ज्ञान निकेतनका करण राई र सिनियर गल्र्समा मातृभूमिकी श्रुति कुटु प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता भए। सिनियर बोइजमा क्याम्पियन काठमाडौं, जुनियर बोइजमा काभ्या र सिनियर गल्र्समा नेपाल मेगाले अनुशासित टिमको उपाधि प्राप्त गरे।

विजेतालाई काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसी र सदस्य सतीश तण्डुकार, बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठ, इनोभेटिभका निर्देशक हर्क थापा, प्रिन्सिपल विजय थापा र भाइस प्रिन्सिपल तस्निम मुजैदलगायतले पुरस्कृत गरे। माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर बोइजमा १४, जुनियर बोइजमा १० र सियिनर गल्र्समा ८ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २१ माघ २०८१ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App