१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइपिएल : लगातार तेस्रो खेल जित्दै हैदराबाद शीर्ष स्थानमा

कोलकत्ता – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले ल गातार तेस्रो जित दर्ता गरेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार राति सम्पन्न खेलमा हैदराबादले कोलकत्तालाई ५ विकेटले पराजित गरेको छ।
घरेलु टोली कोलकत्ताले दिएको १ सय ३९ रनको लक्ष्य हैदराबादले १९ औं ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

हैदराबादको जितमा केन विलियम्सनले अर्धशतक बनाउने क्रममा सर्वाधिक ५०, सकिव अल हसनले २७ र ऋद्दिमान साहले २४ र युसुब पठानले नटआउट १७ रनको याेगदान गरे।  

कोलकत्ताका सुनिल नारिनेले २ तथा मिचेल जोन्सन, पिउस चावला र कुलदिप यादवले एक–एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको कोलकात्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो।

कोलकात्ताका लाागि क्रिस लायनले ४९, दिनेश कार्तिकले २९ र नितिश रानाले १८ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रन जोड्न सकेनन्।

कोलकात्तालाई १३८ रनम समेटन हैदराबादका भुवनेश्वर कुमारले ३, बिल्ली स्टनलेकी र सकिव अल हसनले समान दुई–दुई तथा सिद्दार्थ कउलले एक विकेट लिए। अहिलेसम्म खेलेका तीनवटै खेल जितेको हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: २ वैशाख २०७५ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App