१६ जेष्ठ २०७७ शुक्रबार
खेल

आइपिएलः विराट कोहलीको बेङ्लोरद्वारा पहिलो जित दर्ता

बेङ्लोर – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्लोर विजयी भएको छ। घरेलु मैदानमा सम्पन्न खेलमा बेङ्लोरले किङ्स इलाभेन पञ्जाबलाई ४ विककेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

पञ्जाबले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य बैङ्लोरले १९.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। बेङ्लोरका लागि एवी डिभिलियर्सले अर्धशतक प्रहार गर्ने क्रममा सर्वधिक ५७ रनको योगदान दिए। उनले ४० बलमा २ चौंका र ४ छक्का प्रहार गरे। त्यस्तै ओपनिङ ब्याट्सम्यान क्विण्टन डि ककले ४५, मन्दिप सिंहले २२, कप्तान विराट कोहलीले २१ र वासिङटन सुन्दरले अविजित ९ रनको योगदान गरे।

पञ्जाबका लागि रबिचन्द्र आश्विनले २ तथा अक्सर पटेल, मुजिब अर रहमान र एन्ड्रियु टाईले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पञ्जाबले १९.२ ओभरमा अलआउट हुँदै १ सय ५५ रन बनएको थियो। उसका लगि लोकश राहुलले सर्वाधिक ४७ मा जोडे। उनले ३० बलमा २ चौंका र ४ छक्का प्रहार गरे।

त्यस्तै कप्तान रविचन्द्रन आश्विनले ३३, मयङ्क अग्रवालले १५ र मार्कस इस्टोइनीसले ११ रन बनाए। पञ्जाबका ६ खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।  

बलिङतर्फ बेङ्लोरका उमेश यादवले ३, क्रिस वक्स, वासिङटन सुन्दर र कुल्वन्त केज्रोलीयाले २–२ तथा युजभेन्द्र चाहालले एक विकेट लिए।

प्रकाशित: १ वैशाख २०७५ १०:१७ शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App