७ वैशाख २०८१ शुक्रबार
खेल

लगातार दोस्रो पटक डिपिएलको उपाधि टिम चौराह धनगढीलाई

धनगढी – लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि टिम चौराह धनगढीले जितेको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा शुक्रबार (आज) सम्पन्न फाइनल खेलमा काठमाडौंलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधि कब्जा गरेको हो।

धनगढीले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६० रनम समेटियो। काठमाडौंका लागि ओपनिङ ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक ५८ रनको योगदान दिएका थिए। उनले ३९ बलमा ७ चौंका र ३ छक्का प्रहार गरे। त्यस्तै कप्तान ज्ञनेन्द्र मल्ले ३०, सन्नी पटेलले २२, नरेश बुढाएरले १९, पुष्प थापाले १५ रनको योगदान दिएपनि अन्यको प्रदर्शन सम्झन लायक भएन्।

काठमाडौंलाई १६० रनमा समेटन धनगढीका ललित भण्डारीले ३ विकेट लिए। उनले ४ ओभरमाा २२ रन दिएर ३ विकेट लिएका हुन्। त्यस्तै रोहन मुस्तफाले २ तथा सम्सेद शेख र योगेन्द्रसिंह कार्कीले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिला व्याटिङ गरेको टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्ससामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

धनगढीले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १८१ रन बनाएको हो। उसका लागि सुनिल धमला र रोहन मुस्तफाले अर्धशतक प्रहार गरे। धमलाले सर्वाधिक ७८ रनको येगदन दिए। उनले ६३ बलमा ८ चौंका र ३ छक्का प्रहार गरे। त्यस्तै मुस्तफाले ६० रन बनाए। उनले ४२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

पहिलो विकेटका रुपमा अस्फाक अहमदलाई ४ रनमा गुमाएको धनगढीले त्यसपछि भने उत्कष्ट ब्याटिङ गरेको थियो। धनगढीका सोनु तामाङ ० रनमा आउट हुँदा कप्तान सोमपाल कामीले नटआउट ८ रन बनाए।

बलिङतर्फ काठमाडौंका सुवोध भाटीले दुई तथा सन्नी पटेलले एक–एक विकेट लिए। धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए।

जितसँगै धनगढीले २५ लाख प्राप्त गर्दा उपविजेता काठमाडौंले १५ लाखमा चित्त बुझायो।  
 

प्रकाशित: ३० चैत्र २०७४ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App