coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बक्सिङ छनोटमा आर्मीको वर्चस्व

काठमाडौं – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद (एसियाड)का लागि भएको छनोट चरणको खेलमा विभागीय टोली आर्मीका खेलाडीको बर्चस्व रह्यो।

अगस्ट १८ देखि सेम्पटेम्बर २ सम्म इन्डोनेसियाको जकार्तामा आयोजना हुने प्रतियोगिताका लागि नेपाल बक्सिङ संघले छनोट प्रतियोगिता बिहीबार र शुक्रबारका लागि तय गरेको थियो।

छनोटअन्र्तगत बिहीबार पुरुषतर्फ ४९ केजी तौलसमूहमा आर्मीका तेजबहादुर देउवाले सुनसरीका सुलभ तुलाधरलाई अंकका आधारमा हराउँदै एसियाली खेलका लागि छनोट पक्का गरेका छन् । त्यस्तै पुरुष ५६ केजी तौलसमूहमा आर्मीका विमल रोकाले एपिएफका पुरन राईलाई अंकका आधारमा हराउँदै छनोट भए।

पुरुष ६० केजीमा आर्मीका एकबहादुर घले छनोट भएका छन् । उनले झापाका प्रकाश इजम लिम्बुलाई अंकका आधारमा हराएका थिए । पुरुषतर्फ नै ६४ केजीमा नेपाल पुलिसका भूपेन्द्र थापा र ७५ केजीमा आर्मीका दीपक श्रेष्ठ प्रतिस्पर्धी नभएका कारण स्वतः छनोट भए।

सातदोबाटोस्थित बक्सिङ रिङमा भएको महिलातर्फको ५७ केजी तौलसमूहमा एपिएफकी संगीता सुनारले आर्मीकी सविना श्रेष्ठलाई अंकका आधारमा हराउँदै छनोट भइन् । त्यस्तै महिला ६० केजीमा आर्मीकी पुनम रावलले एपिएफकी सरस्वती रानामगरलाई अंकका आधारमा हराउँदै छनोट चरण पार गरिन्।

महिला ५१ केजी तौलसमूहमा एपिएफकी माला राई फाइनल पुगिन् । उनले सेमिफाइनलमा आर्मीकी ललिता महर्जनलाई अंकका आधारमा हराएकी थिइन् । शुक्रबार हुने फाइनलमा मालाले आर्मीकी विमला श्रेष्ठसँग अन्तिम छनोट लागि प्रतिस्पर्धा गर्नेछिन् । शुक्रबार पुरुष ५२ र ६९ केजीको छनोट खेल हुनेछन्।

प्रकाशित: ३० चैत्र २०७४ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App