१५ चैत्र २०८० बिहीबार
खेल

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले गरे निर्णायक गोल

काठमाडौं – स्ट्राइकर क्रिष्ट्रियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत बुधबार राति घरेलु मैदानमा सम्पन्न खेलमा इटालियन क्लब युभेन्टससँग ३–१ ले पराजित भएपनि पहिलो लेगमा पाएको ३–० को सफलताले रियल अघिल्लो चरणमा प्रवेश गरेको हो। योसँगै रियलले खेल ४–३ ले आफ्नो पक्षमा पार्यो।

युभेन्टसले ६० औं मिनेटभित्र ३ गोल गर्दै खेलमा खेलमा फर्किएको थियो। सो अग्रता कायम गरेको भए युभेन्टस अवे गोलका आधारमा सेमिफाइनलमा प्रवेश गर्ने थियो। तर अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फद गरेको गोलले रियलले अन्तिम चारमा स्थान बनायो।

युभेन्टसका लागि खेलको दोस्रो र ३७ औं मिनेटमा मारीयो मान्जुकी र ६० औं मिनेटमा ब्लेइजी मातिउदीले गोल गरे। रियलका लागि दोस्रो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गरेका गरे। इन्जुरी समयको दोस्रो मिनेटमा युभेन्टसका गोलकिपर बुफोन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो।

अघिल्लो वर्ष यी दुई टोलीबीच फाइनलमा भेट भएको थियो। जसमा युभेन्टसलाई हराउदै रियलले उपाधि कब्जा गरेको थियो।

योसँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सबै ४ टोलीको टुङ्गो लागेको छ। जसमा रियल मड्रिड, बार्यन म्युनिख, लिभरपुल र रोमा हुन्।

प्रकाशित: २९ चैत्र २०७४ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App