८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व च्याम्पियनसिप खेल्ने

<br>

सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ। 

बी डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्वीन्डहोमा यही मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेको हो।

विश्व फुटबल महासंघ (फिफा)अन्तर्गत आईएसएफएले सञ्चालन गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहनेछ।

चीन जाने टोलीलाई प्रदेश सांसद सुनिल केसी, सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी, क्लबका पूर्व अध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले बिदाइ गरे।

सात सदस्यीय नेपाली टोली आइतबार चीन प्रस्थान गर्नेछ। टोलीको खेलाडीमा दिपेश घले, पेम्बा दोर्जे लामा, सतिश पराजुली, शुभांशु शर्मा र दिभांसु शर्मा छन्। प्रशिक्षकमा अशिम अर्याल र व्यवस्थापकमा विकल्प खरेल रहेका छन्।

उपाधि जित्ने लक्ष्यका साथ दुई महिनादेखि निरन्तर तयारी गरेको प्रशिक्षक अशिम अर्यालले जानकारी दिए। ‘स्ट्रिट विश्व च्याम्पियनसिपका लागि हामी उपाधि दाबेदार हौँ ।राम्रो तयारी गरेकोले उपाधि जितेर फर्कने लक्ष्य राखेका छौ,’ अर्यालले भने।

प्रशिक्षक अर्यालका अनुसार फुटसल भन्दा सानो कोर्टमा खेलिने थ्री बाइ थ्री फुटबल आठ मिनेटको हुनेछ।

 खेलाडीलाई शुभकामना दिँदै सरस्वती क्लबका अध्यक्ष भण्डारीले क्लबले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको बताए। उनले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै क्लब र देशको नाम राखेर फर्कन सुझाव पनि दिए।

प्रकाशित: ८ मंसिर २०८१ १९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App