१५ चैत्र २०८० बिहीबार
खेल

आईपीएल : पञ्जाबद्वारा दिल्ली ६ विकेटले पराजित

मुम्बई– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ।

पञ्जाब क्रिकेट एशोसियसन स्टेडियम मोहलीमा दिल्लीले दिएको १६७ रनको विजय लक्ष्य पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो। पञ्जाबका लागि लोकेश राहुलले सर्वाधिक ५१ रन बनाए। १६ बलमा ६ चौका र ४ छक्कासहित अर्धशतक बनाएर उनले छिटो अर्धशतकको रेकर्ड नै बनाए।

करुण नैरले ५० रन जोडे। उनले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। युवराज सिंह १२ रनमा आउट भए। डेभिड मिल्लर नटआउट २४ रन र मारकुस स्टोइनिस २२ रनमा अविजित रहे।

दिल्लीका ट्रेन्ट बाउल्ट, क्रिश मोरिस, डेनियल क्रिस्टियन र राहुल तेवातियाले समान १–१ विकेट लिए।

यसअघि मोहलीमा टस हारेर व्याटिंगको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनायो। दिल्लीका लागि कप्तान गौतम गम्भीरले सर्वाधिक ५५ रन बनाए। ४२ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे।

रिसभ पन्त २८ मा समेटिदा क्रिश मोरिसले १६ बलमा १ चौका र १ छक्कासहित नटआउट २७ रन जोडे। १३ बल खेलेका पन्त ४ चौका र १ छक्कासहित आउट भए।

विजय शंकर र डेनियल क्रिस्टियनले समान १३–१३ र शेरियस ऐरले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ पञ्जाबका मोहित शर्मा र मुजिब अर रहमानले २–२ विकेट लिए। रवीचन्द्रन अश्वीन र अक्षर पटेलले समान १ विकेट लिए।

प्रकाशित: २५ चैत्र २०७४ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App