८ वैशाख २०८१ शनिबार
खेल

बार्सिलोनाले लेगानेसलाई हरायो, मेस्सीको ४५ औं ह्याट्रिक

स्पेन – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले १४ औं स्थानको लेगानेसलाई ३–१ ले हराएको छ।

प्रतियोगिताअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनालाई विजयी गराउन स्ट्राइकर लियोनल मेस्सीले ह्याट्रिक गरे। मेस्सीले खेलको २७, ३२ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

पराजित टोलीका लागि नबिलले ६८ औं मिनेटमा एक गोल फर्काए। मेस्सीकाे योसँगै व्यक्तिगत ४५ औं ह्याट्रिक पूरा गरेका छन्।

यो खेल जित्दै बार्सिलोनाले अपराजित यात्रा ३८ खेलसम्म पुर्‍याएको छ। बार्सिलोनाले ला लिगामा धेरे खेलसम्म अपराजित हुने किर्तिमानको बराबरी गरेको छ। यसअघि रियल सोसिडाडले ३८ खेलसम्म अपराजित बन्दै बनेको रेकर्ड राखेको थियो।

जितपछि बार्सिलोनाको ३१ खेलबाट ७९ अंक भएको छ। बार्सिलोना दोश्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १२  र तेस्रो स्थानको रियल मड्रिड भन्दा १६ अंकले अघि छ। तर यी दुई टोलीले बार्सिलोना भन्दा १ खेल कम खेलेका छन्। एथ्लेटिकोले आइतबार रियल मड्रिडसँग खेल्नेछ।

त्यस्तै ला लिगा अन्तर्गत रातिनै सम्पन्न अन्य खेलमा सेल्टा भिगोले सेभिल्लालाई ४–० तथा रियल बेटिसले एइबरलाई २–० ले पराजित गरेका छन्।

प्रकाशित: २५ चैत्र २०७४ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App