११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट आजबाट

भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट म्याच आजबाट सुरु हुँदैछ।

कानपुरको ग्रीन पार्क स्टेडियममा आजबाट सुरु हुने खेलमा रोहित शर्माको कप्तानीमा रहेको भारत जितसहित सिरिजमाथि क्लिन स्विप गर्ने लक्ष्यसहित मैदान उत्रने छ भने स्यान्टु दासको कप्तानीमा रहेको बङ्गलादेश सिरिज बराबरीमा रोक्न चाहन्छ।

दुई टेस्ट म्याचको सिरिजमा भारत १–० ले अघि छ। भारतले पहिलो टेस्टमा बङ्गलादेशलाई २८० रनले पराजित गरेको थियो।

टेस्ट म्याच पछि दुबै देशबीच ३ खेलको टी ट्वान्टी सिरिज हुनेछ।

प्रकाशित: ११ आश्विन २०८१ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App