११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

टेबलटेनिस लिगमा सेमिफाइनल समीकरण तय

स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन–२ को सेमिफाइनल समीकरण पूरा भएको छ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार राउन्ड रोबिन लिगका खेल सकिएसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो। 

सेमिफाइनलका खेल शुक्रबार हुनेछन्। सेमिफाइलनमा साविक उपविजेता नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपिएफ क्लबविरुद्ध खेल्नेछ। अर्को सेमिफाइनलमा नवप्रवेश टोली यल टेबलटेनिस एकेडेमी र आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबीच हुनेछ।

लिगको अन्तिम दिन पुलिस ६९ अंक, यल ६६ अंक, स्ट्याग ६५ अंक र एपिएफ ३६ अंक जोड्दै शीर्ष चार स्थानमा रहे। सात टोली सहभागी लिगमा होप्स टेबलटेनिस एकेडेमी ३५ अंकसाथ पाँचौं, रेड टाइल्स २८ अंक साथ छैटौं र ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब १२ अंकसाथ सातौं स्थानमा रहँदै यात्रा टुंगाए। 

प्रकाशित: ११ आश्विन २०८१ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App