३० आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एन्फालाई प्रादेशिक संरचना पेश गर्न पुनः ७ दिनको समय

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे ७ दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

एन्फाले २०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी राखेपमा पेश गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म पटक पटक पत्रचार गर्दा पनि पेश गरेको छैन । २०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी पेश गर्ने प्रतिबद्धता अनुरुप राखेपले एन्फालाई २०७९ जेठ ३० गते एन्फालाई साधारण सभा तथा निर्वाचन गर्न स्वीकृति दिएको थियो ।

प्रकाशित: २९ भाद्र २०८१ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App