coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

काठमाडौं गोल्डेन्स टस जितेर पहिला ब्याटिङ गर्दै

धनगढी – धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको सोमबार (आज)को दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा भइरहेकाे छ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा सुरु भएको खेलमा अहिले काठमाडौं गोल्डेन्सले टस जितेर ब्याटिङ गरिरहेकाे छ। काठमाडौं गोल्डेन्सको कप्तानमा ज्ञानेन्द्र मल्ल र रुपन्देही च्यालेन्जर्सको कप्तानमा शक्ति गौचन रहेका छन्।

आफ्नो पहिलो खेल जितेको काठमाडौं अंक तालिकाको तेश्रो स्थानमा छ भने पहिलो खेल हारेको रुपन्देही अंक तालिकाको पुछारमा छ। यसअघि आजको पहिलो खेलमा टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

प्रकाशित: १९ चैत्र २०७४ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App