३० असार २०७७ मंगलबार
खेल

विराट गोल्डकप आजदेखिः उद्घाटन खेलमा आयोजक र थिम्पु भिड्दै

विराटनगर – मोरङको विराटनगरमा शनिबार (आज) बाट पाँचौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सुरु हुँदैछ। खेल विराटनगर स्थित शहीद मैदानमाको फ्लडलाईटमा साँझ ६ बजे देखि सुरु हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ ११ ले थिम्पु फुटबल क्लब भुटानको सामना गर्नेछ।

नेपाल, भारत र भुटानका गरी १० टिम सहभागि प्रतिगाेगितामा नेपाल आर्मी, मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ, संकटा क्लब, झापा–११, मोरङ–११, भुटानको थिम्पु फुटबल क्लब र भारतको  मोहम्डन स्पोर्टिङ क्लबकाे सहभागी छ।

प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार प्राप्त गर्नुका साथै प्रत्येक खेलको खेलमा म्यान अफ द म्याचलाई १० हजार दिइनेछ। त्यस्तै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही २५–२५ हजार प्रदान गरिने छ।  प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकलसहित प्रदान प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०७४ ११:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App