१५ चैत्र २०८० बिहीबार
खेल

स्मिथ र वार्नरलाई एक वर्ष प्रतिबन्ध

सिड्नी – अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान स्टिभन स्मिथ र उपकप्तान डेभिन वार्नरमाथि एक वर्षको प्रतिबन्ध लागेको छ।

अष्ट्रेलियाली क्रिकेटको सर्वाेच्च निकाय क्रिकेट अष्ट्रेलिया (सीए) ले बुधबार स्मिथ र वार्नरलाई कुनै पनि क्रिकेट गतिविधीमा संलग्न हुन नपाउने गरी एक वर्षे प्रतिबन्धको घोषणा गरेको हो।

यस्तै, ओपनर क्यामरुन बेनक्रफ्टलाई ९ महिना प्रतिबन्ध लगाइएको छ। दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा बेनक्रफ्टले आचारसंहिता विपरित बलमा टेप लगाइरहेको दृश्य सार्वजनिक भएपछि टिमका कप्तान र उपकप्तानसहित उनी पनि कारवाहीमा परेका हुन्।

यो घटना सार्वजनिक भएलगत्तै आइसीसीले स्मिथलाई एक टेष्ट म्याचको प्रतिबन्ध र खेल रकमको शतप्रतिशत जरिवाना गरेको थियो। बेनक्रफ्टलाई भने ३ अंक घटुवा गर्दै खेल रकमको ७५ प्रतिशत जरिवाना गर्यो। 

कप्तान स्मिथ र उपकप्तान वार्नरले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए। कप्तान र उपकप्तानले राजीनामा दिएपछि टिम पाइनेले कार्यबाहक कप्तानको हैसियतमा जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित: १४ चैत्र २०७४ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App